(१) उप–कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको सबै काम कारवाही उपर आवश्यक निर्देशन दिने र रेखदेख गर्ने ।
(ख) सभामा पेश हुने सबै विषय सम्बन्धी प्रस्तावहरू पेश गर्ने तथा पेश गर्न लगाउने ।
(ग) कुलपति र सहकुलपति दुवैको अनुपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्ने ।
(घ) विश्वविद्यालयको विकासको लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरू तय गर्ने, गराउने ।
(ङ) विश्वविद्यालयको तर्फबाट विभिन्न निकायहरूसंग छलफल, वार्ता आदि गर्ने ।
(च) विश्वविद्यालयको स्वीकृत नीति भित्र रही विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरी सभा समक्ष पेश गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि वाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी उल्लेख भएका कामहरू वाहेक अन्य कामहरू उपकुलपतिले गर्नेछ । त्यस्तो कामको जानकारी उपकुलपतिले तुरुन्त कुलपतिलाई गराउनु पर्नेछ र लगत्तै बस्ने सभाको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि वाहेक उपकुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।